‘तनु वेड्स मनु’ र ‘रांझना’ जस्ता सफल फिल्मका निर्देशक आनन्द एल रायको नयाँ फिल्ममा शाहरुख खानले मुख्य भूमिकामा अभिनय गर्ने भएका छन् । ‘दिलवाले’ र ‘फ्यान’को असफलताले आहत शाहरुखका लागि यी हिट निर्देशकको फिल्मले राहत दिनसक्ने अनुमान गरिएको छ ।
प्रेमकथा हुने भनिएको यो फिल्ममा शाहरुख ३ फिट १ इन्च उचाइ भएको मानिसको भूमिकामा देखिनेछन् । फिल्ममा आनन्दकी फेवरेट कंगना रनावत हिरोइनको भूमिकामा हुने भनिएको थियो ।
तर, अहिले कंगनाको सट्टा करिना कपुर खान मुख्य भूमिकामा हुने समाचार आएको छ ।
शाहरुख र करिनाले यसअघि ‘रा.वन’ र ‘अशोका’मा जोडीका रुपमा अभिनय गरेका छन् ।



तपाईको प्रतिक्रिया :