जिल्लाको भिरकोट–७ खोरबारका सिर्जनशील आमा समूहले साुमदायिक भवन निर्माण गरेका छन् । रोटरी क्लबको आर्थिक सहयोगमा रु २१ लाख ५० हजारको लागतमा आमा समूहले सामुदायिक भवन निर्माण गरेका हुन् ।


स्थानीयवासी प्रकाश खत्री र जापानी नागरिक युजी माचुमोतोको सक्रियतामा रोटरी क्लब अफ जापान डिस्ट्रिक नम्बर २६९० को सहयोगमा आमा समूहद्वारा सभाहलसहित दुईकोठे सामुदायिक भवन निर्माण गरिएको हो जापानका तीन हजार १०० रोटरियनबाट प्राप्त आर्थिक सहयोग एवम् स्थानीयवासीको जनश्रमदान जुटाई उक्त भवन निर्माण गरिएको प्रकाश खत्रीले बताउनुभयो । भवन निर्माण भएपछि आमा समूहले छलफल, गोष्ठी, कार्यक्रम र तालिम सञ्चालन गर्ने बताएको छ ।
Share To:

तपाईको प्रतिक्रिया :