करेसपन्डेन्टहरूसँगको अन्तिम रात्रिभोजमा थुप्रै ठट्यौली गरे, जसमा डेमोक्रयाट र रिपब्लिकनहरू समान रूपले निसानामा परे ।
उनी ह्वाइट हाउसमा केन्द्रित रहेर समाचार लेख्ने पत्रकारहरूलाई आठौंपल्ट रात्रिभोज दिँदै थिए । यो रात्रिभोज उनका लागि आफू, आफ्ना सहकर्मी र विपक्षीमाथि ठट्यौली गर्ने अवसर हो । उनले पहिलेका वर्षमा झैं डोनाल्ड ट्रम्पमाथि पनि मजाक गरे । तर डोनाल्डचाहिँ रात्रिभोजमा उपस्थित थिएनन् ।
रात्रिभोजमा पत्रकारबाहेक राजनीतिज्ञ, अनि फिल्म र टेलिभिजन स्टारहरू निम्त्याइएका थिए ।
‘रिपब्लिकन संस्थापन नै विश्वस्त छैन कि उनी नै सबैभन्दा सम्भाव्य दाबेदार हुन् । उनीहरू भन्छन् कि डोनाल्डसँग राष्ट्रपति बन्नका लागि वैदेशिक मामिलाको अनुभव छैन । तर नढाँटी भन्नुपर्छ कि उनले वर्षौं बिताएका छन् विश्वभरका नेता भेटेर, जस्तो मिस स्वीडेन, मिस अर्जेन्टिना, मिस अजरवैजान,’ ओबामाले रिपब्लिकनतर्फका मनोनयनका सबैभन्दा बलिया दाबेदारलाई ठोके । ‘यो डिनरमा आउन किन डोनाल्डलाई दिगमिग लाग्यो ? उनी के गर्दै होलान् घरमा बसेर ? ट्रम्प स्टिक खाँदै हो कि ? कि एन्जेला मर्केललाई अपमान गरी ट्विट गर्दै छन् ? के गर्दै छन् ?’
बेलायतका राजकुमार जर्ज (विलियमका छोरा) माथि पनि उनले ख्यालठट्टा गरे । ‘विदेशी नेताहरू मेरो प्रस्थान हेर्दै छन् । गत साता राजकुमार जर्ज हाम्रो मिटिङ चलिरहँदा स्नान पहिरनमै पो आए । यो त एउटा ठूलै चड्कन पो जस्तो भयो, प्रोटोकलको कत्रो उल्लंघन,’ रिपब्लिकनतर्फका अर्का उम्मेदवार टेड क्रुजलाई पनि उनले व्यंग्य गर्न भ्याए । टेडले ओबामा अमेरिकामै जन्मेको होइन भनेर लगाएको आरोपलाई पनि उनले जवाफ दिन भ्याए ।
‘टेडको खराब साता रह्यो । उनी इन्डियाना गए, बास्केटबल कोर्टमा उभिए र एउटा हुपलाई पो बास्टेकबल रिङ भने । उनको शब्दभण्डारमा अरू के छ ? बेसबल स्टिक्स, फुटबल हयाट्स । अनि पक्कै म विदेशी’
उनले रिपब्लिकन पार्टीभित्रकै अन्तरसंघर्षलाई लिएर समेत छेड हाने । ‘रिपब्लिकहरूको अन्त्य यसभन्दा राम्रो कहिल्यै देखिएन । बधाई छ तपाईंहरूलाई, मनोनयन प्रक्रिया एकदमै राम्रो भइरहेको छ,’ उनले भने ।
क्यानडेली प्रधानमन्त्री जस्टिन टुडेऊलाई पनि उनले जिस्क्याए । ‘हालै मलाई कसैले भने, राष्ट्रपतिज्यू तपाईं त हिजै मात्र आएजस्तो लाग्छ । तर जस्टिनले तपाईंलाई पनि विस्थापन गरिदिए । उनी खुब ह्यान्डसम छन्, एकदमै राम्रा । उनी भविष्य हुन् । मैले चाहिँ भनिदिएँ, जस्टिन भो यो छाडिदेऊ ।’
हालै बेलायत भ्रमण दौरान राजकुमार जर्ज (विलियमका नाबालक छोरा) सँग रमाइलो गर्दै ओबामा । तस्बिर : एजेन्सी



तपाईको प्रतिक्रिया :