नेपाली भाषाको श्रीवृद्धिमा विशिष्ट योगदान पुर्याउने व्यक्तिहरुलाई वर्षेनी प्रदान गरिने ‘महानन्द साहित्यसाधक सम्मान’ यो वर्ष वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गरिने भएको छ ।
महानन्द साहित्य गुठीद्वारा टेक्सस्को डालसस्थित अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमार्फत वर्षेनी कदरपत्र सहित पचास हजार रुपैयाँको पुरस्कार प्रदान गर्दै आएको छ । उक्त सम्मान मे १६ मा काठमाडौंमा एक कार्यक्रमबीच हस्तान्तरण गरिने गुठीले जनाएको ।
महानन्द सापकोटाका योगदानलाई सम्झिरहन, उनले गरेका कामहरुको महत्वलाई प्रकाश पार्न तथा लेखकीय माध्यमबाट नेपाली भाषाको श्रीबृद्धिमा सेवा पुर्याउने कलमजीवीहरुलाई सम्मान गर्न यस महानन्द सापकोटा साहित्यसाधक सम्मानको स्थापना गरिएको कुरा महानन्द सापकोटा साहित्य पुरस्कार गुठीका संस्थापक सीता सापकोटाले उल्लेख गरिन् ।

तपाईको प्रतिक्रिया :