इलाम—इलामको सुम्वेकमा आज बिहान भएको ट्याक्टर दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा पाँचथर सिदिन –५ का १९ वर्षीय उज्वल सुब्बा रहेका छन्।
मे१त १७११ नम्बरको ट्याक्टरमा सवार सुब्बाको ट्याक्टरको 'ब्रेक फेल' भएर पल्टिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक रुद्र चुडालले जानकारी दिए।
मृतकको शव परीक्षणका लागि इलाम जिल्ला अस्पतालमा राखिएको छ। प्रहरीले ट्याक्टर चालक गोदक –१ का चन्द्र मगरलाई नियन्त्रणमा लिएको छ। रासस


तपाईको प्रतिक्रिया :