वैशाख २९, २०७३- प्रहरी नियन्त्रणमा रहेका यातायात व्यवसायी समिति गोरखाका उपाध्यक्ष कालु गुरुङसहित २३ जना व्यवसायी धरौटीमा रिहा भएका छन् ।

गाम्रीण रुटमा आगोपालो प्रणाली लाद्दै आएको समितिका व्यवसायी, मजुदरले आरुघाट यातायात प्रालिले सञ्चालनमा ल्याएको यात्रुबाहक बसमा तोडफोड गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरी सार्वजानिक मुद्दामा कारबाही गर्दै आएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा संयोजकत्वको वार्ता समितिमा आरुघाट प्रालिलाई पनि ग्रामीण रुटमा बस सञ्चालन गर्न दिने सहमति भएपछि प्रहरी नियन्त्रणमा रहेका व्यवसायी मङ्गलबार साँझ धरौटीमा रिहा भएका हुन् ।

समिति, प्रालि, प्रनाउ र सप्रजिअबीच भएको वार्तामा प्रालिको नाउँमा बस दर्ता भएपछि ग्रामीण रुटमा बस सञ्चालन गर्न दिने सहमति भएको हो ।

गोरखाको ग्रामीण क्षेत्रमा ३५ वटा रुट छन् । यसअघि यातायात व्यवसायी समिति गोरखाले सबै रुटमा एकलौटी बस सञ्चालन गर्दै आएको थियो ।

यात्रुको चापअनुसार बस सञ्चालन गर्न नसक्दा विगत लामो समयदेखि समितिले आलोचना खेप्दै आएको थियो । अब यात्रुको चापअनुसार बस सञ्चालन गर्ने समितिका अध्यक्ष रामहरि केसीले बताए ।


Share To:

तपाईको प्रतिक्रिया :