काठमाडौं- कतार भलिबल एसोसिएसनद्धारा आयोजित कम्युनिटी लिग भलिबल च्यालेन्ज कपमा भाग लिन नेपाली खेलाडीहरु कतार पुगेका छन्। उनीहरु नेपाली कम्युनिटीका तर्फबाट खेलमा सहभागी हुने जनाइएको छ।



कतारको प्रतिष्ठित अमिरी कपको अवसरमा एसोसिएसनले कम्युनिटी लिग भलिवल प्रतियोगिताको आयोजना गरेको हो।

भलिबल खेलाडीहरु सन्जय अर्याल, कुल बहादुर थापा, इम रानामगर तथा राष्ट्रिय महिला भलिबल खेलाडी मन्जु गुरुङ कतार गएका हुन्।

श्रीलंका, भारत, नेपाल तथा फिलिपिन्सबीच हुने च्यालेन्ज कप मे ११ र १३ तारिखमा अल साद स्थित अलि विन हमाद अल अतिया अल साद स्टेडियममा हुनेछ। मे १२ को खेल कतार भलिबल एसोसिएसन न्यु सलाताको इन्डोर हलमा हुने छ। खेलमा सहभागिता जनाउन नेपाली खेलाडीहरु सोमबार त्यस तर्फ गएका हुन्।
Share To:

तपाईको प्रतिक्रिया :