काठमाडौंः इङ्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा वेस्टह्यामसँग पराजित भएपछि आगामी सिजनको च्याम्पियन्स लिग खेल्ने म्यानचेस्टर युनाइटेडको लक्षमा धक्का लागेको छ ।
वेस्टह्यामको घरेलु मैदान अप्टन पार्कमा भएको लिगको ३७ औ्र चरणको खेलमा म्यान यु ३–२ ले पराजित भएको हो ।
एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै वेस्टह्यामले चार मिनेटमा दुईं गोल फर्काएपछि युनाइटेडको च्याम्पियन्स लिग यात्रा कठिन बनेको हो ।
यद्यपि अग्रता भने खेलको १० औं मिनेटमा साकोको गोलमा वेस्टह्यामले लिएको थियो । तर खेलको दोस्रो हाफको ५१ औं र ७२ मिनेटमा एन्थोनी मार्सियालले गोल गर्दै २–१ को अग्रता दिलाए ।
एक गोलले पछि परेको अवस्थामा वेस्टह्यामले खेलमा फर्कन समय लगाएन । उसका लागि खेलको ७६ औं मिनेटमा एन्टेनियोले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए ।
खेल बराबरी भएको चार मिनेट नबित्दै फेरि वेस्टह्यामका लागि रेइडले गोल गरेपछि म्यानचेस्टर युनाइटेड पराजित हुन बाध्य भयो ।
म्यानचेस्टर युनाइटेडको गाडी उप्टन स्टेडियम आउन ढिला हुँदा ४० मिनेछ पछि सुरु भएको खेलमा हारपछि युनाइटेडले अर्को सिजन पनि च्याम्पियन्स लिग नखेल्ने सम्भावना बढेको छ ।
३७ औं चरणका खेल जारी रहँदा युनाइटेड ६३ अंकसहित लिगको पाँचौ स्थानमा छ । ३७ खेल नै खेलेको उसको सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीले ६५ अंक बनाएको छ ।
च्याम्पियन्स लिग खेल्ने चार टोलीभित्र पर्नका लागि युनाइटेड वेस्टह्यामलाई हराउनै पर्ने बाध्यता थियो । तर लिगको अन्तिम खेलमा म्यानचेस्टर सिटी पराजित भएर युनाइटेडले जित निकालेमात्रै उसका च्याम्पियन्स लिग यात्रा पक्का हुनेछ ।
लिगको उपाधि जितिसकेको लिसेस्टर सिटी, टोटन्ह्याम हट्पर र आर्सनलले च्याम्पियन्स लिग यात्रा पक्का गरिसकेका छन् ।





तपाईको प्रतिक्रिया :