कृषि विकास मन्त्रालय, कृषि विभागमा विभिन्न ५ सय पदको लागि दरखास्त आहवान गरिएको छ ।

द्वितीय श्रेणीका नायव प्राविधिक सहायक ना.प्रा.स. पदहरू “एक गाउँ विकास समिति एक कृषि प्राविधिक व्यवस्थापन समबन्धि निर्देशिका, २०७३” बमोजिम सेवा करारमा पदपूर्ति गर्नुपर्ने विज्ञापनमा जनाइएको छ ।

खुल्ला तथा समावेशी गरी ५०० जनाको माग गरिएको छ । सूचना अनुसार खुल्ला तर्फ २८० जनाको माग गरिएको छ ।

समावेशीतर्फ महिलामा ७९, खुलामा २८०, आदिवासी र जनजातीमा ६८, मधेसीमा ४६ र दलितमा २७ जनाको दरखास्त आह्वान गरिएको छ ।

उम्मेदवारको उमेर हद मिति २०७३÷०२÷०३ सम्ममा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ ।

Share To:

तपाईको प्रतिक्रिया :