धनकुटा-मुर्तिढुंगामा चट्याङ लागेर ५ जना घाईते भएका छन्। गएराती मुसलघारे पानीसंगै परेको चट्याङले ७ वटा घरको विजुलीको मिटरबक्स समेत जलेको छ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार चट्याङले मुर्तिढुंगा–६ का मेनुका थापा र जानुका थापा, मुर्तिढुंगा– ८ का ईन्दिरा खड्का, हिरा बराल र प्रमिला खड्का घाईते भएका हुन्। घाईतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र जितपुरमा उपचार भईरहेको धनकुटाका प्रहरी नायव उपरीक्षक विमल बस्नेतले बताए।
सोही स्थानका टंक खड्काको दुहुनो भैसीमा चट्याङ लागेर मरेको छ ।
त्यसैगरी गएराती गएको हावाहुरीले ढलेका रुखले क्षति गरे पछि धनकुटामा विधुत सेवा अवरुद्ध बनाएको छ। धरान धनकुटा प्रशारण लाईनको आधा दर्जन ठाउँमा तार चुढिएको र पोल ढालेको विधुत प्राधिकरण कार्यालय धनकुटाले जानकारी दिएको छ।


तपाईको प्रतिक्रिया :