आपको प्रश्न– दुई प्रमाणपत्रमा फरक नाम किन?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको डिग्री विवादले नयाा मोड लिएको छ । दिल्लीका मुख्यमन्त्री तथा आपका प्रमुख नेता अरविन्द केजरीवालले मोदीको दिल्ली विश्वविद्यालयको डिग्री फर्जी भएको दाबि गरेका थिए ।

केजरीवालको दाबिलाई झुठो भएको बताउँदै बिजेपी अध्यक्ष अमित साह र नेता अरुण जेट्लीले सोमबार पत्रकार सम्मेलन गर्दै मोदीको बिए र एमएका प्रमाणपत्रहरु सार्वजनिक गर्दै पत्रकारहरुमाझ बाँडेका थिए ।
बिजेपी अध्यक्ष साहले केजरीवालले निम्नस्तरको व्यवहार देखाएको भन्दै प्रमाणपत्र सार्वजनिक गर्दै मोदीसँग माफि माग्न भनेका थिए ।

यसैबीच आपका नेता आशुतोषले पत्रकार सम्मेलन गर्दै बिजेपी अध्यक्ष साह र नेता जेट्लीले सार्वजनिक गरेका प्रमाणपत्र फर्जिभएको बताएका छन् । ‘दिल्ली विश्वविद्यालयको प्रमाणपत्रमा नरेन्द्रकुमार दामोदरदास मोदी लेखिएको छ भने गुजरात विश्वविद्यालयको प्रमाणपत्रमा नरेन्द्र दामोदरदास मोदी लेखिएको छ,’ उनले भने, ‘एउटै मान्छेको नाम दुई फरक–फरक विश्वविद्यालयको प्रमाणपत्रमा भिन्न छ । त्यो कसरी हुन्छ ? कि त दुवै ना एकै हो भनेर विश्वविद्यालयमा बुझाएको एफिडेबिट पनि देखाउनु पर्‍यो ।’

उनको अनुसार बिजेपीले जति नै प्रयास गरे पनि प्रधानमन्त्री मोदीको प्रमाणपत्र नक्कली नै भएको दाबा गरे

Share To:

तपाईको प्रतिक्रिया :