सरकारले ६ जना उपसचिवको बढुवा गरेको छ।

सोमबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसको मन्त्रिपरिषदको बैठकले ६ उपसचिवलाई सहसचिवमा बढुवा गरेको हो।

बैठकले गोविन्दप्रसाद रिजाल, झक्कप्रसाद आचार्य, नीता पोखरेल अर्याल, नवराज ढकाल, गजेन्द्रकुमार ठाकुर र उदयबहादुर रानामगरलाई उपसचिवबाट सहसचिवमा बढुवा गरेको शान्ति तथा पुनर्निर्माण मन्त्री एकनाथ ढकालले जानकारी दिए।

यस्तै मन्त्रिपरिषदको बैठकले मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरको  कार्यकारी निर्देशकमा डा. पुकारचन्द्र श्रेष्ठलाई नियुक्त गरेको छ।
Share To:

तपाईको प्रतिक्रिया :