लहान—सिरहा नगरपालिका धनगढी–७ बस्ने राजु यादवको सात वर्षकी छोरी लक्ष्मीकुमारी यादवको मङ्गलबार राति आएको हुरीबतासबाट घरको छत खसेर मृत्यु भएको छ।
हुरीबतासले घरको ढोकामाथिको छत खसेर घाइते भएकी उनलाई लहान अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।
सोही ठाउँ बस्ने रामकुमार यादवको छोरा वर्ष ४ को आदर्श यादवसमेत सोही स्थानमा घाइते भएको छ र आफन्त एक महिला पनि बेहोस भएकी छिन्।
दुवै जनाको फ्राइन्डस मोडेल अस्पताल लहानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।


तपाईको प्रतिक्रिया :