अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी र अखिल नेपाल शिक्षक संगठनले मंगलबार काठमाडौं जिल्लाका सबै शैक्षिक संस्था बन्दको घोषणा गरेको छ। आफ्नो विद्यार्थी कार्यकर्ता पक्राउ विरोधमा दुबै संगठनले एक दिने शैक्षिक हडतालको घोषणा गरेको विज्ञप्तिमार्फत जनाएका छन्।

काठमाडौं जिल्लाका शिक्षा अधिकारी शंकर गौतममाथि वैशाख १५ गते भएको दुव्र्यवहारको विषयलाई लिएर क्रान्तिकारीका केन्द्रीय सदस्य प्रकाश अधिकारी र जिल्ला सदस्य विकास अधिकारीलाई प्रहरीले वैशाख १७ गते पक्राउ गरेको  थियो।

उक्त पक्राउको विरोधमा सोमबार जिशिकामा धर्ना दिन बसेका क्रान्तिकारीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो। केन्द्रीय सदस्य कलम बडुवाल, काठमाडौं जिल्ला सदस्य महेन्द्र तामाङ, सुमन तिम्सिना, रोजिना चौलागाईं र उषा किरणलाई प्रहरीले पक्राउ गरेको थियो।

पक्राउको विरोध गर्दै क्रान्तिकारीले शैक्षिक हडताल आह्वान गरेको हो। पक्राउ परेकालाई नछाडिए अनिश्चितकालका लागि शैक्षिक हडताल गर्ने चेतावनी दिइएको छ।
Share To:

तपाईको प्रतिक्रिया :