काठमाडौं – राजधानीको लाजिम्पाटमा रहेको थिएटर भिलेज नयाँ स्थानमा सारिने भएको छ। तीन वर्षको सम्झौता अनुसार भाडामा लिएर संञ्चालनमा ल्याइएको थिएटर भिलेज सम्झौता सकिएपछि नयाँ स्थानमा सारिने भएको हो।
'हामीले तीन वर्षका लागि जग्गा भाडामा लिएर थिएटर भिलेज संञ्चालन गरेका थियौं। सुरुवाती दिनमा थिएटर भिलेजको काम सुस्त भएकाले ढिला गरेर संञ्चालनमा ल्याएका थियौं,'थिएटर भिलेजका जिवेश रायमाझीले भने,'तीन वर्षको सम्झौता सकिएपछि नयाँ स्थान खोजी रहेका छौं।'
तत्कालको लागि विलियम सेक्सपियरको नाटक 'ह्यामलेट' थिएटर भिलेजमा मञ्चन भएको अन्तिम नाटक भएको छ। नाटकसम्बन्धी विभिन्न गतिविधि हुने गरेको थिएटर भिलेजमा 'सिंहदरबारको टेण्डर', 'सान्दाजुको महाभारत', 'मकैको अर्को खेती', 'मालिनी', 'कोर्ट मार्सल', 'यार्मा', 'चारुमति', 'तीन एकान' र 'थटी डेज इन सेप्टेम्बर' लगायत नाटकहरु मञ्चन भइसकेका छा्।



तपाईको प्रतिक्रिया :