हँसिया, बञ्चरो,कुटो,कोदालो जस्ता औजारको धार तिखारे वापत खलो अर्थात् धान, गहुँ, मकैजस्ता अन्न लिएर परिवारिक खर्च चलाउँदै आएका आरन व्यवसायी बजार केन्द्रित हुन थालेका छन् ।
केही समय पहिलासम्म खलो वा अन्नलाई ज्यालाको रुपमा लिने आरन चलाउने मानिस अहिले आएर भने गाउँघर छोडेर जिल्ला सदरमुकाम तथा बजारमा व्यावसायिक रुपमा कामको थालनी गरिरहेका पाइन्छन् ।
एउटा हँसियामा धार तिखारेबापत ३०–४० रुपैयाँसम्म लिने गरेको सदरमुकामका आरन व्यवसायीहरू बताउँछन् । व्यावसायिक रुपमा आरनको काम थालनी गरेपछि राम्रो आम्दानी भइरहेको र सम्मान पनि मिलेको धुपुका जय विकले बताए ।
गाउँघरमा काम गर्दा खानलाउन
पनि धौधौ हुने भएपछि बजारतिर नगद पैसामा काम गरेपछि छोराछोरीलाई पनि राम्रोसँग विद्यालयमा पढाउन पाएको र केही बचत
पनि हुने गरेको कृष्ण विकको भनाइ छ ।
पुख्र्यौली सीपको ठाउँमा आधुनिक सीप, तालिम पाए अझै राम्रो गर्न सकिने थियो, उनी भन्छन् । हालसम्म आरन व्यवसाय गर्ने मानिस आफ्नै पुरानो पुख्र्यौली सीपका आधारमा व्यावसायिक धन्दा गरिरहेका छन् ।
पुरानो प्रचलनअनुसारको काम भएपनि व्यावसायिक रुपमा कामको थालनी गरेपछि दिनमा ४०० रुपैयाँदेखि ५०० रुपैयाँसम्म आम्दानी हुने गरेको उनीहरू बताउँछ । आरन व्यवसायमा आधुनिक प्रविधिको खाँचो रहेको उनीहरूको भनाइ छ ।

तपाईको प्रतिक्रिया :