काठमाडौं, २७ असार । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले राजनीतिक दलको आदेशले प्रहरी संगठन चल्न नसक्ने बताएका छन् । राजधानीमा आज प्रहरी मेरो साथी कार्यक्रमको शुभारभ्भ गर्दै अर्यालले राजनितिक दललाई उनले माथिको संज्ञा दिदैँ यस्तो बताएका हुन । ’अब प्रहरी माथिको आदेशले नभई देशको कानुन र विधिबाट चल्छ,’ उनले भने ।

कार्यक्रममा गृहमन्त्री शक्तिबहादुर बस्नेतले सुरक्षा निकाय र राजनीतिक दलहरुबीचको सहकार्य विश्वसनिय हुनुपर्ने बताए ।
’राज्य र जनताबीच एकत्रित गर्ने काम प्रहरीको भएको छ’, उनले भने ’अब हिजोको प्रहरी अवधारणमा परिवर्तन गर्ने बेला आएको छ।’ हिजो प्रहरी अवधारणा परिबर्तन गर्नुपर्ने भन्दै उनले भोलि कस्तो प्रहरी संगठन बनाउने भनेर अहिले नै सोचविचार गर्नुपर्ने बताए ।
Share To:

तपाईको प्रतिक्रिया :