प्रहरीले सामाजिक सञ्जाल फेसबुकमार्फत विदेश रोजगारमा रहेका दुई युवतीलाई नेपाल बोलाएर ठगी गर्नेलाई पक्रेको छ । महानगरीय अपराध महाशाखाले खाडी देश लेबनन र विकसित साइप्रसमा रहेका दुई युवतीलाई नेपाल बोलाई ठग्ने सिन्धुपाल्चोकका जेभी भनिने तुलबहादुर तामाङलाई पक्रेको हो । नागरिक दैनिकले समाचार छापेको छ । उनले लेबननमा रहेकी सृजना दोङबाट ९ लाख र साइप्रसमा रहेकी कुसुम लामाबाट ९ लाख रुपैयाँ ठगेका थिए ।
महाशाखाका अनुसार ठगीको मुख्य साधन सामाजिक सञ्जाल फेसबुकलाई बनाएर तुलबहादुरले ३१ लाख ठगी गरेको जाहेरी परेको छ । जेभी नामको फेसबुक आइडी भएका तुलबहादुरले आफू अमेरिकाको स्थायी बसोबास पाएका पीआरधारी भएको भन्दै लेबननमा रहेकी युवतीलाई नेपाल बोलाएर गठी गरेका थिए । उनले सृजनालाई विवाहको आश्वासन दिएर उनकै भाई सन्जय दोङ र मिम लामाबाट थप १३ लाख गठी गर्न सफल भए । हालसम्म चार व्यक्तिबाट ३१ लाख रुपैयाँ तुलबहादुरले ठगी गरेको खुलेको छ ।

तपाईको प्रतिक्रिया :