आन्दोलन र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न मधेसी मोर्चासहितका दल आवद्ध संघीय गठबन्धनको बैठक बस्दैछ ।
ललितपुरको कुपण्डोलस्थित एउटा घरमा बिहान ११ बजे बस्ने बैठकमा आन्दोलनका विषयमा छलफल हुने सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले जानकारी दिए । ‘आन्दोलनकै विषयमा छलफल हुन्छ’, उनले बताए ।
राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले असार मसान्तदेखि रिले अनशन सक्किएकोले अब संघर्षका नयाँ कार्यक्रम ल्याइने बताए। ‘संभवत सोमवार नयाँ संघर्षका कार्यक्रम आउँछन्’, उनले भने, ‘पछिल्लो राजनीतिक अवस्थामा कुराकानी हुनेछ ।’
संविधान पुनर्लेखनको माग गर्दै आएको संघीय गठबन्धनले केपी ओलीको सरकार गिराउन माओवादी केन्द्र र कांग्रेसको गठबन्धनलाई सहयोग गर्ने जनाएको छ ।



तपाईको प्रतिक्रिया :