हाम्रो दैनिक जीवनमा प्रयोग नगरी नहुने केहि चि प्रयोगले हामीलाई गर्ने असरका बारेमा ज्ञान हुनु जरुरी छन् । आज हामीले दैनीक प्रयोग गर्ने सिरानी, जुत्ता, पब्लिक ट्वाइलेट र मोबाइलका बारेमा थाहा पाउनुु पर्ने केकी कुराका बारेमा जानकारी दिदै छौं ।



मोबाइल :
पछिल्लो समय हाम्रो जीवन मोबाईल बिना नचल्ने भएको छ । मोबाईले हाम्रो जीवनलाई धेरै सहज बनाएको पनि हो । तर, हाम्रो जीवनलाई सहज बनाउने मोबाईललाई सहि तरिकाले प्रयोग गर्न जानिएन भने हाम्रो जीवनमा नकारात्मक असर पनि पर्न सक्छ ।

मान्छेको दैनिकी निक्कै ब्यस्त बनेको छ । घर, अफिस अथवा बाटोमा पनि आफ्नो फोनको आवाजले अरुलाई हानी नगरोस् भन्ने उद्देश्यले मोबाईल भ्राइब्रेट मुडमा राख्ने धेरैको बानी हुन सक्छ । यदि तपाईको मोबाईल भ्राइब्रेट मुडमा छ भने छाती अगाडीको गोजिमा नराख्नुहोस् । यसले छातीसम्बन्धी समस्या निम्त्याउँछ ।

धेरै मानिस घर र आफन्तबाट टाढा छन् । त्यसैले आफन्तको याद आउँदा फोनमा घण्टौं कुराकानी गर्ने पनि धेरैको बानी हुन्छ । यो बानी पनि स्वास्थ्यका लागि हानीकारक हो । मोबाइलमा बढी कुराकानी गर्नेको कानमा पनि समस्या आउन सक्ने विज्ञहरु बताउँछन् ।

अहिलेका बालबालीका मोबाईलमा निक्कै रमाउँछन् । अभिभावकले पनि बच्चा फुलाउने गतिलो माध्यमका रुपमा लिएका छन् मोबाईललाई । तर, विकसित हुने क्रममा रहेका बालबालिकाको दिमागमा मोबाइलको बढी प्रयोगले समस्या उत्पन्न गराउन सक्छ ।



सिरानी :

हरेक मान्छेले सुत्ने बेला सिरानीमा टाउँको राखेर सुत्ने गरेको पाईन्छ । मान्छे अनुसार सिरानीको प्रकार फरक हुन्छ । कतिपयले सिरानीमा अनुहार दबाएर सुत्ने गरेको पाईन्छ । यो राम्रो होईन । धेरैले सिरानी पेटमा राखेर घोप्टो परेर पनि सुत्ने गरेका हुन्छन् । यसो गर्दा पेटमा साथै ढाडमा पनि समस्या आउन सक्छ । पेटमा दबाब पुग्नेगरी सुत्नाले अथवा कोल्टे परेर सुत्नाले सिरानीमा दबिएको अनुहारको भागमा चाउरी पर्न सक्छ । सिरानीको मध्य भागमा टाउको राखेर सुत्नु राम्रो हुन्छ । बजारमा पाइने ‘सेव माइ फेस पिलो’ सिरानीको उपयोग गरेर चाउरीपनबाट बच्न सकिन्छ ।

जुत्ता :
जुत्ता हाम्रो जीवनको अपरिहार्य बस्तुु हो । लामो अवधिसम्म जुत्ता लगाए पाइतालामा पसिना आउने समस्या उत्पन्न हुन्छ । यसबाट मोजा गनाउँछ । लगातार जुत्ता लगाए खुट्टामा रहेका दुई लाख ५० हजार पसिनाका ग्रन्थी सक्रिय हुन्छन् । ब्याक्टेरिया पसिनासँग सम्पर्कमा आएपछि खुट्टा गनाउँछ । लामो समयसम्म नधोइकनै जुत्ता र मोजा लगाइरहे खुट्टामा फंगस हुन्छ । जसबाट नङमा समस्या आउनसक्छ । यो समस्याबाट बच्न सफा जुत्ता–मोजा लगाउनुपर्छ । जुत्तालाई डिटोल छर्केर राख्नुपर्छ । यसले ब्याक्टेरिया मार्ने काम गर्छ ।



शौचालय :
हाम्रो व्यस्त दैनिकीका कारण हामीले कतिपय अवस्थामा सार्वजनिक शौचालय प्रयोग गर्नु परिरहेको हुनसक्छ । सार्वजनिक शौचालय प्रयोगबाट हामीमा धेरै प्रकारका ब्याक्टेरिया सर्ने सम्भावना हुन्छ ।

शरिरमा घाँउ लागेको छ अथवा अप्रेशन गरेको बिरामी हुनुहुन्छ भने तपाईले झन बढी सचेत हुनु आवश्यक छ । ‘ट्वाइलेट सिट’मा बस्दा तिघ्रामा चोटपटक लागेको छ–छैन भन्ने कुरामा पनि विचार गर्नु आवश्यक छ ।

जहाँको ट्वाइलेट प्रयोग गरिसकेपछि अनिवार्य रुपले साबुन पानीले हात धुने बानीको विकास गर्नु आवश्यक छ ।
Share To:

तपाईको प्रतिक्रिया :