काभ्रेको चौरी खोलामा निवस्त्र अवस्थामा आमा छोरीको शव भेटिएको छ । काभ्रेको माझिफेदा गाविस  ७ बस्ने २२ बर्षीया मीनाकुमारी योञ्जन र उनकी दुई वर्षीया छोरी  युनिषा मुक्तानको शव सोही गाविस १ स्थित चौरी खोलामा निवस्त्र अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

गत असार १७ गते दोलखा माइत जान हिँडेकी योञ्जन नआएपछि दाजु कृष्ण योञ्जनले १८ गते खोजतलास गर्दे जाने क्रममा चौरी खोलाको बीचमा बहिनीको निवस्त्र शव भेटेका हुन् ।

'बहिनीले माइत आउछु भनेर फोन गरेकी थिइन तर किन आइन भनेर फोन गर्दा सम्पर्क भएन । खोज्ने क्रममा शव भेटियो', कृष्णले भने ।

‘यो एउटा नियोजित हत्या हो, हत्या नभएको भए कसरी आमा छोरीको शव नाङ्गो हुन्छ ?' उनले प्रश्न गरे ।  कृष्णले ज्वाइँले बारम्बार मदिरा पिएर शारीरिक र मानसिक यातना दिने गरेको बहिनीले बताउने गरेको समेत सुनाए ।

पीडित पक्ष माइतीले पति हेमबहादुर मुक्तान र ससुरा बीरबहादुर मुक्तानमाथि शंका गरेका छन् ।  हेमबहादुर र वीरबहादुरविरुद्ध  जिल्ला प्रहरी कार्यलयमा मुलुकी ऐन कर्तव्य ज्यान विरुद्धको जाहेरी दिएको कृष्णले बताए ।
Share To:

तपाईको प्रतिक्रिया :