श्रावण ११, २०७३- विगत तीन दिनदेखि परेको अविरल वर्षाका कारण पहिरोले घर पुरिएर मंगलवार बिहान एकै परिवारको तीन जनाको मृत्यु भएको छ ।
मकवानपुरको पूर्व सदरमुकाम भीमफेदी गाविस ५ स्थित सोलाभन्ज्याङमा पहिरो गएर मनमाया स्याङतान घर पहिरोले पुरिंदा उनको ज्वाइँ,छोरी र नातीको मृत्यु भएको हो । पहिरोले घर पुरिएर मृत्यु हुनेमा २७ वर्षीय टेकवहादुर रुम्वा, २५ वर्षीय पार्वती रुम्वा र ६ वर्षीय विकास रुम्बा छन् ।
![]() |
| file photo |
इप्रका भीमफेदीका प्रहरी निरीक्षक वासुदेव थापाका अनुसार बिहान ३ बजेतिर सय फिटमाथिबाट खसेको पहिरोले घर पुरिएको थियो ।
नम्बर १ जगदल गणका सैनिक र इप्रका भीमफेदी प्रहरी टोलीले पहिरो पन्छाएर मृतकहरुको शव बाहिर निकालेका थिए । घरमा भएका सवै खाद्यान्न, लताकपडा र नगद पनि पुरिएको छ । नगद रकमको खोजी भइरहेको स्थानीयबासीले बताए ।
ज्वाईँ छोरीलाई घरमा राखेर मनमाया गोठमा बसेकाले उनलाई भने केही पनि भएको छैन । घटनास्थल पुग्न भीमफेदी बजारवाट साढे एक घन्ट पैदल हिड्नु पर्छ ।



तपाईको प्रतिक्रिया :