एक मधेस एक प्रदेस, सिमाङ्कन लगायतका विभिन्न माग राख्दै राजविराजमा थालिएको रिले अनशन आज १४औँ दिन पनि जारी छ । गत असार १८ गतेदेखि राजविराजको जनआन्दोलन चोकमा अनशन सुरु गरिएको थियो
बिहीबार तेह्रौँ दिन मधेसी मोर्चाभित्रका विभिन्न दलका आठ जना नेताले अनशनमा सहभागिता जनाएका छन् । सङ्घीय समाजवादी फोरम नेपालका क्षेत्रीय अध्यक्ष अमरनाथ यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका युवा नेता मनोज मण्डल, सद्भावनाका क्षेत्रीय सदस्य खुसर र राष्ट्रिय मधेस समाजवादी पार्टीका जिल्ला सदस्य फुलदेव राम अनशनमा सहभागी भए।
त्यस्तै तराई मधेस सद्भावना पार्टीका नेता महेन्द्र सदा, फोरम गणतान्त्रिकका युवा उपाध्यक्ष सुधीरकुमार यादव, नेपाल सद्भावना पार्टीका जिल्ला सदस्य शिवलखन मण्डल र भुवन रामले १३औँ दिनको अनशनमा सहभागिता जनाएका थिए ।



तपाईको प्रतिक्रिया :