नयाँ सरकार गठनको तयारीमा जुटेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले अरु दलको समर्थन जुटाउन बिहीबार पनि गृहकार्य थालेका छन् ।आन्दोलनरत मधेसी मोर्चाले समर्थन मात्र गर्छु भनेकालाई उसलाई सरकारमै सहभागी गराउनको लागि पहल भइरहेको नेताहरुले बताएका छन् ।
बुधबार प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका कांग्रेस र माओवादीलाई नेकपा संयुक्तले साथ दिइसकेको छ । मधेसी मोर्चाले भने अविश्वासको पक्षमा मतदान गर्ने, तर सरकारमा सहभागी नहुने जवाफ दिएको छ । मोर्चा लगायत अरु साना दललाई सरकारमै सहभागी गराउन दुई दलले पहल गरेका हुन् । प्रधानमन्त्री विरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भएपनि अर्को हप्तादेखि मात्र यसको प्रक्रिया सुरु हुन्छ । यसैबिच एमाले संसदीय दलको बैठक बिहीबार बस्दैछ । संसदमा प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता भइसकेकाले अब पार्टीको भूमिकाबारे छलफल गर्न संसदीय दलको बैठक बोलाइएको हो ।
Share To:

तपाईको प्रतिक्रिया :