निमोनियाबाट सिकिस्त भएर ओम अस्पताल भर्ना भएका कांग्रेस महामन्त्री शशांक कोइलालालाई थप उपचारका लागि विदेश लैजाने तयारी भएको छ । स्वास्थ्य गम्भीर रहेकाले विदेश लैजाने तयारी गरिएपनि चिकित्सकहरुले भने तत्काल बाहिर लैजाँदा खतरा हुने भन्दै थप उपचारका लागि विदेश लैजान स्वास्थ्यमा केही सुधार आवश्यक रहेको वताएको कांग्रेस नेता दिलेन्द्र बडुले बताए ।

बडुका अनुसार कोइरालाको स्वास्थ्यमा सुधार नआउँदासम्म विमानस्थलसम्म लैजान तत्काल सम्भव नरहेको भन्दै चिकित्सकहरुले खतरामुक्त भएपछिमात्रै त्यसको तयारी थाल्न सुझाव दिएका छन् । कोइरालालाई एयर एम्बुलेन्स मगाएर भएपनि उपचारका लागि भारत लैजाने तयारी भइरहेको छ । एक्कासी वान्ता भएपछि मंगलबार साँझनै कोइरालालाई चाबहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको हो ।
बडुका अनुसार हिजोसाँझ अस्पताल भर्ना भएपछि कोइरालाको स्वास्थ्यमा केही सुधार आएको थियो। तर बिहान ४ बजे फेरि वान्ता भएपछि स्वास्थ्यमा फेरि समस्या देखिएपछि बुधवार बिहानैबाट आइसीयूमा राखिएको हो । अस्पताल भर्ना भएपछि बुधवार बिहान ४ बजेतिर फेरि वान्ता भएपछि उनलाई आइसीयूमा राखेर डा. लब जोशी नेतृत्वको चिकित्सकको टोलीले उपचार गरिरहेको छ ।
निमोनियाले सिकिस्त भएका महामन्त्री कोइरालालाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल,केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह,सुजाता कोइराला, दिलेन्द्र बडुलगायत कांग्रेस नेताहरु अस्पताल पुगेका छन् । यस्तै कोइराला अस्पतालमा भर्ना भएको खबर सुने लगत्तै कांग्रेस नेता, कार्यकर्ता तथा सुभेच्छुकहरु ठूलो संख्यामा ओम अस्पतालमा जम्मा भएका छन ।

Share To:

तपाईको प्रतिक्रिया :