काठमाडौं, साउन ११ – लगातारको वर्षापछि आएको बाढीपहिरोले एकैदिनमा २४ जनाको ज्यान लिएको छ । नेपालमा वर्षेनी प्राकृतिक प्रकोपबाट एक हजारभन्दा बढीको मृत्यु हुने गरेको र त्यसमध्ये सबैभन्दा धेरै बाढी पहिरोका कारण ३ सय जनाले ज्यान गुमाउनुपरेको विभिन्न अध्ययनले देखाएको छ । वर्षेनी बाढी पहिरोबाट हुने क्षति कम गर्न एडभान्स कलेजको इलेक्ट्रोनिक्स प्रथम बर्षमा अध्ययनरत विद्यार्थीले साधारण डिभाइसको विकास गरेका छन्
यसलाई उनीहरुले ‘ल्याण्ड स्लाईड डिटेक्टर’ को नाम दिएका छन् । ‘यसमा हामीले भाइब्रेसन सेन्सर प्रयोग गरेका छौं, यसले भाइब्रेसन सेन्स गर्छ । त्यसमा जिएसएम र डाटा लगर पनि प्रयोग गरेका छौं ।’ एडभान्स कलेजमा अध्ययनरत प्रसन्न शर्मा पनेरुले भन्नुभयो ।
पहिरो जाने भविष्यवाणी गर्न नसकेपनि यो डिभाईसले बाढी पहिरोबाट हुने क्षति कम गर्न मद्दत पुग्ने पनेरुको दाबी छ । ‘पहिरो आउनुभन्दा अगाडि केही न केही भाइबे्रसन हुन्छ त्यो भाईब्रेसन सेन्सरले डिटेक्ट गरिरहेको हुन्छ । त्यसले निश्चित सम्भावित क्षेत्रमा सूचना पठाइरहेको हुन्छ । जिएसएमलाई चाँहि म्यासेज दिन्छ । यो ठाउँमा बाढी पहिरो आइसक्यो, उद्धारटोलीहरु आउनुपर्‍यो भनेर म्यासेज आउँछ’ पनेरुले भन्नुभयो । उहाँका अनुसार समयको सूचसमयमै पाएपछि प्राकृतिक प्रकोपमा फस्न सक्ने सम्भावित मानिसले सतर्कता अपनाउन सक्छन् भने बाढी पहिरोमा फसेकाको पनि समयमै उद्धार हुन्छ । एडभान्स कलेजमा अध्ययनरत प्रसन्न शर्मा पनेरु भन्नुहुन्छ ‘हामीले यो डिभाइसमा डाटालगर पनि प्रयोग गरिरहेकाले यसबाट कस्ता कस्ता वेभहरु, सेन्सहरु गइरहेको छ भन्ने कुरा सडिटेल डाटा लगरमा स्टोर गरिरहेको हुन्छ । यदि बाढीपहिरोकै बारेमा कसैले विस्तृत अध्ययन गर्न चाहन्छ भने यो डाटाले जो कोहीलाई सहयोग पुग्छ ।’
Share To:

तपाईको प्रतिक्रिया :