काठमाडौं, २० असार । न्युक्लियर सप्लायर्स गु्रप (एनएसजी) मा भारतको प्रवेशलाई लिएर चीन र भारतबीचको दुरी थप बढ्दो छ । एनएसजीमा भारतको प्रवेशमा चीनले बाधा पुर्याएको भन्दै भारतले चीनको बदनाम गरेको भन्दै चीनले भारतलाई आफ्नो बदनाम नर्गन चेतावनी दिएको छ ।
चीनको सरकारी मिडिया ग्लोबल टाइम्समा प्रकाशित सम्पादकीयमा एनएसजीको विषयमा जसरी भारतले चीनको बदनाम गरिरहेको छ । त्यसलाई तुरुन्त बन्द गर्न चीनले चेतावनी दिएको हो । भारतीय अखबार नवभारत टाइम्सका अनुसार ग्लोबल टाइम्सको सम्पादकीयमा भारतले एनएसजीमा प्रवेशका लागि चीनको बदनाम गर्नुभन्दा पनि थप राष्ट्रको समर्थन जुटाउन भारतलाई सल्लाह समेत दिइएको उल्लेख छ ।

पछिल्लो हप्तादेखि भारत र चीनबीच न्यूक्लियर सप्लायर्स गु्रप (एनएसजी)को प्रवेशको विषयलाई लिएर भारत र चनिबीच तनाव चुलिंदो छ । अघिल्लो हप्ता दक्षिण कोरियाको राजधानी सोलमा भएको एनएसजीको वैठकले भारतले परमाणु अप्रसार सन्धि (एनपीटी)मा हस्ताक्षर नगरेको भन्दै एनएसजीको भन्दै भारतलाई एनएसजीको सदसयता दिन अस्वीकार गरेको थियो । चीनले कम्तीमा १० देशले एनपिटीको सदस्य नभएको देशलाई एनएसजकिो सदस्यता दिन नहुने भन्दै भारतको प्रवेशलाई विरोध गरेको बताएको छ ।

चीन सरकारको आधिकारिक मिडिया ग्लोबल टाइम्सले लेखेको छ कि ‘भारतले एनएजसीमा प्रवेशका लागि एनपिटीमा हसताक्षर नगरी बढी सक्रियता देखायो । भारतयि मिडियाहरुले ४८ सदसय रहेको एनएसजीमा भारतको प्रवेशलाई ४७ देशले समर्थन गरेको हौवा फिंजाए र यसको चीनले मात्र विरोध गरेको छ भन्ने प्रचार गरे ।’ ग्लोबल टाइम्सले थप भनेको छ ‘१९७५ मा एनएसजीको गठन भएसँगै यो तथ्य स्पष्ट छ कि एनएसजी सदस्य बन्न एनपिटीमा हस्ताक्षर हुनु जरुरी छ । जुन संगठनको प्राथमिक सिद्धान्त हो । तर, भारतले यो सिद्धान्तको उल्लघंन गर्ने प्रयास गरेको छ । यसको विरोध गर्नु चीन र अन्य सदसय राष्ट्रको नैतिक कर्तव्य हो ।’

ग्लोबल टाइम्सले लेखेको छ ‘भारतले यो मामिलामा अमेरिकाको साथ लिएर चीनमाथि समेत दबाब सिर्जना गर्न खोजेको छ । तर, भारतले यो बुझ्नु जरुरी छ कि अमेरिकामात्र पुरै दुनियाँ हैन । अमेरिकाको समर्थनको अर्थ यो होइन कि पुरै दुनियाँ भारतको समर्थंनमा छ । यो तथ्य भारतले बुझ्नुपर्छ कि चीनको बिरोध अन्तराष्ट्रिय मूल्य–मान्यता अनुरुप आएको हो ।’ पत्रिकाले भारतका राष्ट्रबादीलाई व्यवहार सिक्न उपदेश दिदैं भनेको छ–‘ भारत ठूलो शक्ति बन्न चाहन्छ । तर, उसले महाशक्तिको खेल सम्झिदैन ।’
Share To:

तपाईको प्रतिक्रिया :