काठमााडौं, श्रावण १४ – बक्सिङका राष्ट्रिय खेलाडी इन्द्रबहादुर पुन मगरको निधन भएको छ । आठौ दक्षिण एसियाली खेलकुद साफका काँस्य पदक विजेता इन्द्र बहादुरको गए राति ललितपुरस्थित हरिसिद्धी नेपाल क्यान्सर अस्पतालमा निधन भएको भुपु मगर सैनिक प्रहरी संघका केन्द्रीय अध्यक्ष हुमबहादुर पचभैयाले जानकारी दिनुभयो । ४७ वर्षे पुन विगत दुई वर्षदेखि क्यान्सर रोगबाट पीडित थिए । बिहीबार राति निधन भएका इन्द्रबहादुरको पार्थिब शरीरलाई श्रन्द्धान्जलीका लागि शुक्रबार बिहान ९ बजे देखि दशरथ रंगशालामा राखिएको छ ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशाला पुगेर उनको पार्थिव शरीरमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशव बहादुर बिष्ट, बक्सिङ संघका अध्यक्ष राम अवाले, सिनियर कोच प्रकाश थापा, खेलाडी, शुभचिन्तकहरु रंगशाला पुगेको श्रन्द्धान्जली दिएका सैनिक प्रहरी संघका अध्यक्ष पचभैयाले जानकारी दिनुभयो ।
२०४६ सालमा नेपाल प्रहरीमा प्रबेश गरी १० वर्षपछि सेवा बाट अवकास लिएका  पुनले २०५३ सालमा राष्ट्रिय बक्सिङ प्रतियोगितामा स्वर्ण पदक जितेका थिए । उनको पार्थिब शरीरलाई गृह जिल्ला तनुहँ लगेर शुक्रबारनै अन्त्येष्टी गरिने पारिवारिक स्रोतले बताएको छ ।
को हुन् इन्द्रंबहादुर ?
काठमाण्डौमा भएको आठौ साफ प्रतियोगितामा सन् १९९०, वाईएमसीए इन्टरनेशनल बक्सिङ्ग च्याम्पियनसीप (दिल्ली) ९९७० र मेयर्स कप मनिलार १९९० का काँस्य पदक विजेता हुनु इन्द्रबाहदुर ।
२०५५ सालमा गोर्खा दक्षिण वाहु(चौथो) बाट सम्मानित  भएका पुन सन् १९९२ देखि १९९९ सम्म ११ अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागी भई सिड्नी ओलम्पिकको छनोटमा दक्षिण कोरियामा पुगेका थिए ।
उनका श्रीमती, एक छोरा आयुस र एक छोरी छन् ।
Share To:

तपाईको प्रतिक्रिया :