बाच्नुमात्रै पर्छ नसोचिएको कुरा पनि देख्न पाइन्छ भनेझै अमेरिका र बेलायतमा पछिल्ला दिनमा विभिन्न उद्धेश्यले सयौं मानिसहरु सार्वजनिक स्थलमा लुगा खोलेर नांगिन थालेका छन्।


गएको शनिबार करिब सय अमेरिकी मोडलहरु नाङ्गै भेला भए र आफ्नो शरीरमा रातो, निलो, हरियो, पहेँलो रङ पोत्न थाले। उनीहरु तेस्रो न्यूयोर्क बडीपेन्टीङ दिवस मनाउनका संयुक्त राष्ट्रसंघ अगाडिको म्यानहट्टनको ड्याग ह्यामरक्लोज्द प्लाजामा जम्मा भएका मोडलका रङ दलिएका नाङ्गा शरीरमा दर्जनौँ कलाकारहरूले चित्र बनाएका थिए ।
‘अभिव्यक्ति स्वतन्त्रता र शरीर स्वीकार’का लागि भन्दै उनीहरूले विगत तीन वर्षदेखि यस्तो कार्यक्रम गर्दै आएका छन्। यो चित्रकला कार्यक्रममा उपस्थित मोडलहरुमा चाल्र्स डरियस लगायतका थिए ।


अमेरिकी फोटोग्राफर तथा कथा कलाकार स्पेन्सर ट्युनिकले उत्तर बेलायतको हल सिटी सेन्टरमा गरेको नांगो फोटोसुटका लागि ३२ सयजना मानिस सहभागी भए। ‘सी अफ हल’ नाम दिइएको उक्त फोटो सुट मौसम परिवर्तनका कारण बढ्दै गइरहेको समुद्री सतहका बारे मानिसलाई सजग गराउनु पनि रहेको छ ।
भिन्न प्रकारका चार निलो रंगमा रंगिएका मानिसहरुले हल सिटी सेन्टर वरपर फोटोसुट गराएका थिए । यो फोटोसुट एक स्थानीय आर्ट ग्यालेरी फेरेन्सले गराएको थियो । उक्त सिटी सेन्टर जाने बाटोलाई मध्यरात १२ बजेदेखि बिहान १० बजेसम्म बन् द गराइएको थियो ।
Share To:

तपाईको प्रतिक्रिया :