वाणिज्य तथा आपूर्ति व्यवस्था विभागले चार वटा खानेपानीको कार्यालयमा अनुगमन गरी सिलबन्दी गरेको छ।

मातातीर्थमा कार्यालयमा रहेको मातातीर्थ स्प्रिङ मिनरल वाटर अन्तर्गतको रोयल ल्यान्ड, आक्वा २४ क्यारेट, ए वान, सगरमाथा फूड एण्ड बेभरेजमा छापा मारेको हो।

विभागले गरेको अनुगमनमा खानेपानीको संकलनमा किरा भेटिएको, जारको उचित मात्रामा सरसफाइ नगरेको,  कामदारहरुले प्रयोग गर्ने शौचालय अत्यन्तै फोहोर भएको, पानी जारमा नेक सिल नलगाइएको पाइएको छ।

यस्तै विभागले स्प्रिङ मिनरल वाटर अफ मातातीर्थलाई व्यावसायको दर्ता, प्यान भ्याट, खाद्य अनुज्ञापत्र, ट्रेडमार्ग प्रमाणपत्र, गुणस्तर परिक्षण रिपोर्ट,  गुणस्तर परीक्षण गर्ने व्यक्तिको प्रमाणपत्र र नियुक्तिपत्र लिएर तीन दिनभित्र वाणिज्य विभागमा उपस्थित हुन निर्देशन दिएको छ।
Share To:

तपाईको प्रतिक्रिया :