कुनै पनि एउटा संस्थाले आयोजना गरेको कार्यक्रम आयोजक संस्थाकै सदस्यहरु सहभागी हुन पाईएन भने त्यो कार्यक्रमको औचित्य के होला ? हो त्यस्तै भएको छ नेपाल चलचित्र कलाकार संघले आयोजना गरेको कलाकार संघको फान अवार्डमा । अर्को कुरा अवार्ड पाउने कलाकारहरु र पुरस्कृत कलाकारहरुलाई आयोजकले पुरस्कारको रुपमा २० किलो हरपल चामल दिने घोषण गरे ।
क–कसले लिए त चामल हामीले तल प्रस्तुत गरेका छौं । गत शनिवार समपन्न फान अवार्ड नेपालमा अहिले सम्म भएको अवार्डहरु भन्दा झुर भएको छ । कार्यक्रमको कुनै व्यवस्थापन नहुनु, आयोजक आफै निर्णायक रहनु, आधा भन्दा बढि अवार्डमा विवाद रहनु, कलाकारहरु नाम गलत प्रचार गर्नु, संञ्चार मन्त्रीको स्थानलाई प्रवाह नगर्नु, कार्यक्र संञ्चालकहरुले बारम्बार गलत कार्य गर्नु, कार्यक्रमका प्रस्तुतीहरु नराम्रो हुनु, अवार्ड प्राप्त कलाकारहरुलाई समय छैन भन्दै स्टेजबाट लखेट्नु, कलाकार सघकै सदस्य तथा नोमिनेशन र टप पाँचका नोमिनीजहरुलाई निमन्त्राणा नगर्नु तथा पास उपलब्ध नगराउनु जस्ता दर्जनौ समस्या कारण यो अवार्डलाई झुर अवार्डको संज्ञा दिईएको हो ।
कलाकार संघ स्थापना भएको करिब २८ बर्ष पुगिरहँदा संघले आयोजना गरेको फान अवार्ड २०७२ ऐतिहासिक मात्र नभई कलाकारहरुको निम्ती गौरवको विषय बन्नसक्ने सबैको अनुमान थियो तर शनिवार फान अवार्ड सम्पन्न भईरहँदा उक्त अनुमान फेल खान पुग्यो । फान अवार्ड साँचिकै रुपमा अवार्ड भयो भन्न लायक मात्रै रह्यो ।
फान अवार्ड हेर्दा व्यवस्थापन नभएको कुनै हास्यात्मक साँस्कृतिक कार्यक्रम हेरेको भान हुन्थ्यो । अवार्ड कार्यक्रममा विवाद आउनु कुनै नौलो कुरा होईन तर कार्यक्र प्रति नै प्रश्न चिन्ह खडा हुनु आपतिजनक कुरा हो । यस्तै बनेको थियो फान अवार्ड २०७२ । शुरुमा कार्यक्रमको हलीचली हेर्दा भव्य होला जस्तै लागेको थियो तर कार्यक्रम त्यस्को ठीक विपरीत भयो । उक्त कार्यक्रममा नोमिनीजहरुले नै प्रवेश गर्न पाएनन् ।
अर्को अर्थमा नोमिनेशनमा परेका व्यक्तिहरुलाई समेत कार्यक्रमको निम्तो दिईएको थिएनन् । कार्यक्रममा प्रस्तुत गरिएको कुनै पनि प्रस्तुतीहरु हेर्न लाएककै थिएनन् भन्दा पनि अझ फरक नपर्ला । कार्यक्रमको कुनै सेडुल र व्यवस्थापन नै थिएन । बरिष्ठ अभिनेता, कलाकार, गायक तथा निर्देशक हरि प्रसाद रिमाललाई दिर्घ साधना पुरस्कारबाट सम्मानीत गरिरहँदा कार्यक्रमको स्वरुपनै परिवर्तन भएको थियो अर्थात हरि प्रसाद रिमालको वारेमा बर्णन भने पत्रकार एंव कार्यक्रमको सह संयोजक रहेका प्रकाश सुवेदीको धेरै आग्रह पछि महानायक राजेश हमालले पढ्न बाध्य भएका थिए ।
भिडीयो देखाईरहँदा त्यसमा अडियो किन भएन त्यो आयोजक अर्थात कलाकार संघका अध्यक्ष राम केशर बोगटीलाई नै थाहा होला । त्यति मात्र कहाँ होर कलाकार संघले नेपालको ईतिहासमै पहिलो पटक आयोजना गरेको चरित्र अभिनेत्रीको अवार्डमा छायांकनको विजेतालाई अवार्ड दिनु परको थियो । यति मात्र नभई कार्यक्रम संञ्चालक रहेका जितु नेपाल र विल्सन विक्रम राईले समेत पालै पालो अवार्ड लिन व्याएका थिए ।
२६ विधामा प्रदान गरिएको अवार्डमा १३ विधा सम्मको सान्दर्भिक लाग्छन् बाँकी १३ विधाका अवार्डहरु विवादित छन् । बरु कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेका महत्वपूर्ण मन्तव्य सान्दर्भिक लाग्छन् । प्रधानमन्त्री ओलीले दोसल्ला ओडाउँदै हरि प्रसाद रिमाललाई १ लाख ११ हजार १ सय ११ धनराशी सहित दिर्घ साधनाबाट सम्मान गरिएको अवार्ड राम्रो पक्ष हो । भलै आयोजक पक्षले पहिलो पटक अवार्ड गरिएको हुनाले कार्यक्रमका कमी कमजोरी आएको हो भन्दै बच्ने ठाउँ भने पाएका छन् ।
यी हुन् चामल पुरस्कार पाउने कलाकारहरु:
सदाबहार महानायक राजेश हमाल
सदाबहार नायिका रेखा थापा
हिरो अफ द इयर:अनमोल केसी
उत्कृष्ट कथाः दिपेन्द्र के खनाल, पशुपतिप्रसाद
उत्कृष्ट पटकथाः रामबाबु गुरुङ, उपेन्द्र सुब्बा, कबड्डी कबड्डी
उत्कृष्ट संवाद दिपकराज गिरी, वडा नम्बर ६
उत्कृष्ट नृत्य निर्देशकः शंकर विसी, वडा नम्बर ६
उत्कृष्ट द्वन्द्व निर्देशकः हिमाल केसी, भैरव
उत्कृष्ट गीतकारः डा. कृष्णहरी बराल, प्रेमगीत
उत्कृष्ट गायिकाः अञ्जु पन्त, प्रेमगीत
उत्कृष्ट गायकः युवराज चौलागाई, क्लासिक
उत्कृष्ट संगीतकारः राजनराज सिवाकोटी, वडा नम्बर ६
उत्कृष्ट सम्पादनः सुरेन्द्र पौडेल, क्लासिक
उत्कृष्ट चरित्र अभिनेत्रीः लक्ष्मी गिरी, प्रेमगीत
उत्कृष्ट चरित्र अभिनेताः रमेश बुढाथोकी, भाग् सानी भाग्
उत्कृष्ट छायाँकारः पुरुषोत्तम प्रधान, सञ्जय लामा, ड्रिम्स
उत्कृष्ट नव अभिनेत्रीः साम्राज्ञराज्य लक्ष्मी शाह, ड्रिम्स
उत्कृष्ट नव अभिनेताः पल शाह, नाई नभन्नु ल ४
उत्कृष्ट नव निर्देशकः भुवन केसी, ड्रिम्स
उत्कृष्ट सह अभिनेत्रीः रोमि घिमिरे, क्लासिक
उत्कृष्ट सह अभिनेताः जीतु नेपाल, वडा नम्बर ६
उत्कृष्ट खलपात्रः विपिन कार्की, पशुपतिप्रसाद
उत्कृष्ट हाँस्य कलाकारः विल्सन विक्रम राई, अधकट्टी
उत्कृष्ट निर्देशकः दिपेन्द्र के खनाल, पशुपतिप्रसाद
उत्कृष्ट अभिनेताः आर्यन सिग्देल, क्लासिक
उत्कृष्ट अभिनेत्रीः नम्रता श्रेष्ठ, क्लासिक
उत्कृष्ट फिल्मः पशुपतिप्रसाद (खगेन्द्र लामिछाने)
जुरी अवार्डः सौगात मल्ल, फन्को
नोट: यी कलाकारहरुलाई २० किलो चामल पुरस्कार घोषणा गरिएता पनि क–कसले चामल लगे संघले नाम उल्लेखित गरिएको छैन ।
कार्यक्रमः फान अवार्ड २०७२ (पहिलो पटक)
आयोजकः नेपाल चलचित्र कलाकार संघ
विधाः २६
रेटिङः एक तारा (पाँच तारामा)
समिक्षक: महेश्वर तामाङ



तपाईको प्रतिक्रिया :