साहित्यकार झमक घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओली लगायतका शुभेच्छुक माझमा आफ्नो ३५ औं जन्म दिन मनाएकी छिन् । घिमिरे धनकुटाको कचिँडेमा २०३७ असार २१ मा जन्मिएकी हुन् ।
काठमाडौंमा मंगलबार आयोजित एक समारोहका बीच झमकले आफ्नो जन्म दिन मनाइरहँदा सोही समारोहमा उनले अक्षर सिक्दाको कष्टको अभिनय प्रस्तुत गरिएको थियो ।
झमक घिमिरे साहित्यकला प्रतिष्ठान नेपालले साहित्यकार घिमिरेको १३ औं कृति कवितासंग्रह ‘प्रेमिल आकाश’ को पनि सार्वजनिक गरेको छ ।
साथै घिमिरेको मदन पुरस्कार प्राप्त कृति ‘जीवन काँडा कि फूल’ को हिन्दी अनुवाद ‘जीवन काँटा या फूल’ को विमोचन गरिएको छ ।
यसअघि अंग्रेजी, असमेली र चिनियाँ भाषामा प्रकाशित भइसकेको ‘जीवन काँडा कि फूल’ को अहिले हिन्दी अनुवाद संस्करण आएको हो । अनुवाद पुस्तकलाई हिन्दीमा अनुवाद चन्द्रप्रकाश गिरीले गरेका हुन् ।
साथै सो आत्मकथा कृतिमा आधारित फिल्मको अडियो क्यासेट पनि सार्वजनिक गरिएको छ । सो फिल्मीका फिल्मका निर्माता र निर्देशक विनोद विष्ट रहेका छन् ।
उक्त फिल्मीको ‘मैले क लेख्न सिकेँ’ बोलको गीतमा भारत सिलिगुडीकी अवस्था थापा अभिनय गर्दा भने हलमा भने सन्नाटा छाएको थियो । झमकले अक्षर सिक्दाको कष्ट नृत्य मार्फत देखाइँदा हलमा सन्नाटा छाएको हो ।
सो कार्यक्रममा सहभागी प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार झमक घिमिरेलाई जन्म दिनको शुभ कामना दिँदै उनी निर्भीक व्यक्तित्वका रुपमा स्थापित भएको बताए ।
source:medianp.com



तपाईको प्रतिक्रिया :