काठमाडौं, साउन १२ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ६३ पैसा र विक्रिदर २८ रुपैयाँ ७९ पैसा रहेको छ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ४८ पैसा र विक्रिदर २९ रुपैयाँ ६५ पैसा छ भने युएई दिरहाम एकको खरिददर २९ रुपैयाँ २३ पैसा र विक्रिदर २९ रुपैयाँ ३९ पैसा तोकेको छ। मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ४४ पैसा र विक्रिदर २६ रुपैयाँ ५९ पैसा तोकेको छ।
त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४५ पैसा र विक्रिदर ९ रुपैयाँ ५० पैसा रहेको छ। एक कुवेती दिनारको एकको खरिददर ३ सय ५४ रुपैयाँ ९० पैसा छ भने एक बहराइन दिनारको खरिददर २ सय ८४ रुपैयाँ ५८ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केहि रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन्।


Share To:

तपाईको प्रतिक्रिया :