अतिरिक्त समयमा एइडरको गोलको मदतमा फ्रान्सलाई पराजित गर्दै पोर्चुगलले पहिलो पटक युरोकप फुटबलको उपाधि जितेको छ ।
सोमबार विहान भएको फाइनलमा पोर्चुगलले आफ्ना स्टार कप्तान क्रिष्टियानो रोनाल्डोलाई २५ औं मिनेटमा नै चोटका कारण गुमाएको थियो ।

तर, एइडरको गोलको मदतमा घरेलु टालीलाई १-० गोल अन्तरले पराजित गर्दै पोर्चुगल युरोपियन महादेश च्याम्पियन बनेको हो । उसका जितमा १०९ औं मिनेटमा एइडरले निकै लोभलाग्दो गोल गरेका थिए । आयोजक फ्रान्स भने पहिलो पटक घरेलु भुमिमा भएको मुख्य प्रतियोगिताको उपाधि जित्न असफल भएको छ। यसअघि फ्रान्सले घरमै भएको  सन् १९८४ मा भएको युरोकप र १९९८ मा भएको विश्वकप उपाधि जितेको थियो।

Share To:

तपाईको प्रतिक्रिया :