विश्व विजेता जर्मनीलाई हराउँदै आयोजक फ्रान्स युरोकपको फाइनलमा पुगेको छ । राति भएको खेलमा उपाधिको दाबेदार मानिएको जर्मनी फ्रान्ससँग २–० ले पराजित भएको हो । फ्रान्सका लागि दुवै गोल एन्टोनी ग्रिजम्यानले गरे । उनले पहिलो हाफको अन्तिम मिनेटमा पाएको पेनाल्टीको सदुयोग गर्दै फ्रान्सलाई अग्रता दिलाए । जर्मनीका क्याप्टेन बास्टियन स्वाइन्सटाइगरले डिबक्सभित्र हृयाण्ड गरेपछि फ्रान्सले पेनाल्टी पाएको हो । यस्तै १–० को अग्रता कायम गरेका उनले खेलको ७२ औँ मिनेटमा फेरि अर्को गोल गरे । जर्मनीमाथि फ्रान्सको यो ऐतिहासिक जित हो । कुनै पनि मुख्य प्रतियोगितामा फ्रान्सले जर्मनीलाई सन् १९५८ यता हराउन सकेको थिएन । बलमा नियन्त्रण जर्मनीको धेरै भएपनि उसले गोल गर्ने राम्रा अवसर सदुपयोग गर्न सकेन । युरोकप फुटबलको उपाधिका लागि अब फ्रान्सले पोर्चुगलसँग आउँदो आइतबार खेल्नेछ । वेल्सलाई हराउँदै पोर्चुगल फाइनलमा पुगेको हो ।

तपाईको प्रतिक्रिया :