नेपाल स्वयंसेवी रक्तदाता समाजले प्युठान जिल्लामा नयाँ समिति गठन गरेको छ ।
बिरामीलाई सहज रुपमा रगत उपलब्ध गराउन जिल्ला समिति गठन गरिएको समाजका केन्द्रिय अध्यक्ष प्रेम सागर कर्माचार्यले जानकारी दिए । उनका अनुसार प्युठान समिति उमाराम पौडेलको अध्यक्षमा गठन भएको छ ।
प्युठान जिल्ला समितिको उपाध्यक्षमा प्रल्हादभक्त श्रेष्ठ, सचिव सचिन सुवेदी र कोषाध्यक्ष राधा शर्मा चयन भएका छन् । यस्तै सदस्यहरुमा राधा पुलामी, शरद राज पौडेल, मनु लामा, गजेन्द्र बिक्रम जिसी, लोकनाथ बिक, चन्द्रबहादुर घर्ती र प्रकाश कर्माचार्य रहेको अध्यक्ष कर्माचार्यले बताए ।

तपाईको प्रतिक्रिया :