नेपाली कांग्रेसले नयाँ सरकार गठन तथा समयसामयिक राजनीतिक विषयमा छलफल गर्न संसदीय मधेसवादी दललाई डोकेको छ । संघीय लोकतान्त्रिक गठबन्धनसँग आवद्ध विभिन्न आठ मधेसवादी पार्टीलाई शुक्रबार विहान १० बजे संसदीय दलको कार्यालयमा डाकेको हो ।
नेकपा माओवादी केन्द्रसँग मिलेर केपी ओली सरकारविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि कांग्रेसले विभिन्न राजनीतिक दलसँग छलफल गर्ने क्रममा मधेसी दलसँग बैठक राखेको हो । ओलीसँग अग्गिएर नयाँ सत्ता गठबन्धनको तयारी थालेका कांगेस, माओवादीसँग मधेसी दल सकारात्मक देखिएका छन् ।
Share To:

तपाईको प्रतिक्रिया :