काठमाडौँ २ साउन | प्रधानमन्त्री केपी शर्मा ओलीको रहेको सरकार ढल्ने भए पछि सामाजिक संजाल र नेपालमा बिभिन्न ठाउँमा बिरोध प्रदशन भैरहेको छ | केहि दिन अघि काठमाण्डौ,पोखरा र आज हेटौडा र देशका बिभिन्न भागमा प्रदसन भैरहेको छ ओलीको समर्थनमा |

ठाउँ ठाउँ बाट स्वतन्त्र युवायुवतीहरु नेपाली झन्डा सहित ओलीको समर्थनमा निस्किएको देख्न पाइन्छ | इतिहासमा नै पहिलो घट्ना यहि हो जहाँ जनता नै उठेर प्रधानमन्त्री हामीलाई चाहिन्छ भन्दै सडकमा निस्किएको | यसै क्रममा शुक्रबार माइतीघर मण्डलामा प्रधानमन्त्री केपी ओलीको समर्थनमा भएको प्रदर्शनपछि अब दिनदिनै त्यस्तै प्रदर्शन हुने भएको छ।

‘स्वतन्त्र युवा–विद्यार्थी अभियान’ को नामबाट हरेक दिन दिउँसो ४ बजे रत्नपार्कमा प्रदर्शन हुने भएको हो । यसको सुरुवात शनिबार साउन १ गते भयो । प्रदर्शनमा बालबालिकाले समेत ब्यानर बोकेका थिए । ओलीको समर्थनमा नाराबाजी र प्लेकार्ड प्रदर्शनसँगै केही वक्ताले त्यहीँ कोणसभा गर्दै भाषण पनि गरेका थिए ।
Share To:

तपाईको प्रतिक्रिया :