बिहीबार दिउँसो २ बजेका लागि बोलाइएको व्यवस्थापिका संसद बैठक अनिश्चित बनेको छ।

संसदको कार्यसूचीमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्तावका विषयमा छलफलका लागि बसेको शीर्ष दलको बैठक निष्कर्ष बिहिन बनेपछि २ बजेका लागि बोलाइएको बैठक अनिश्चित बनेको हो ।

बिहान ११ बजेका लागि डाँकिएको संसद बैठक सूचना टाँसेर दिउँसो २ बजेका लागि बोलाइएको थियो ।
 
१ बजे सुरु भएको शीर्ष दलको बैठक अझै जारी छ । सभामुखको आह्वानमा शीर्ष नेताको बैठक संसद भवन नयाँ बानेश्वरमा बसिरहेको छ ।
Share To:

तपाईको प्रतिक्रिया :