पाकिस्तानमा किम कादर्सिनको रूपमा ख्याति कमाएकी मोडेल कंदिल बलोचको मुल्तानको पञ्जाप प्रोभिन्समा गोली हानी हत्या गरिएको छ ।

प्रहरीका अनुसार शुक्रबार राति कंदिललाई आफ्नै दाइ ३० वर्षीय वासिम बलोचले हत्या गरेका हुन् ।

पछिल्लो समय सामाजिक सञ्जालमा निकै छाएकी २६ वर्षीया बंदिलको परिवारले उनलाई मोडङि छोड्न दबाब दिए पनि उनले बेवास्ता गर्दै आएकी थिइन् ।

मोडलिङमात्रै होइन, कंदिलको विवाहलाई लिएर पनि उनको परिवार सन्तुष्ट थिएन । उनले दुईवटा विवाह गरिसकेकी थिइन् । प्रायः क्रिकेटरसँग जोडिएर उनी बारम्बार विवादमा आइरहने गर्थिन् । भारतीय क्रिकेटर विराट कोहलीलाई उनले खुलेआम प्रस्ताव राख्दै आएकी थिइन् ।

जुलाईमा सार्वजनिक भएको कंदिलको ‘ब्यान’ नामक भिडियोका कारण उनको आलोचना हुनुका साथै दाइ वासिम निकै रिसाएका थिए ।

तर सो भिडियोका कारण आफूलाई शानदार प्रतिक्रिया मिलेको दाबी गर्दै आएकी उनले पाकिस्तानी आइडल २०१३ मा पनि भाग लिएकी थिइन् । तर बेसुरा स्वर भएकाले उनी सो रियालिटी सोबाट निकालिएकी थिइन् ।

उनी टेलिभिजन अभिनेत्री, मोडेलका साथै ड्रामा क्विनका रूपमा समेत चिनिएकी थिइन् । एजेन्सी
Share To:

तपाईको प्रतिक्रिया :