काठमाडौं, २२ असार । निरन्तर वर्षासगै आएको बाढी र पहिरोका कारण मुलुकभर ४६ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

देशका विभिन्न स्थानमा गएको बाढीपहिरोबाट एक साताको अवधिमा ४६ जनाको मृत्यु हुनकासाथै १७ जना हराइरहेको मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले जानकारी दिए । अहिलेसम्म एक सय ५० घर बगाएको र दुई करोड रुपैयाँको प्रारम्भिक क्षति भएको उनले उल्लेख गरे ।


प्राकृतिक विपत्तिका घटनाको उद्धार र राहतका लागि सुरक्षा निकायलाई तैनाथ र आवश्यक संयन्त्र परिचालन गरिएको मन्त्रालयले जनाएको छ । ललितपुर, धादिङ, सिन्धुपाल्चोक, प्यूठान, दार्चुलालगायतका स्थानमा बाढी र पहिरोले जनधनको क्षति पु¥याएको छ ।

घटनाका पीडित (घर भत्केकालाई) राहतका लागि तत्काल पाँचदेखि २५ हजार रुपैयाँ उपलब्ध गराइने प्रवक्ता कोइराराले बताए । बुधबार सिन्धुपाल्चोकसहितका जिल्लामा बाढी र पहिरोले धेरै क्षति पुगेको भए पनि यकिन विवरण आइनसकेको गृहले जनाएको छ ।

Share To:

तपाईको प्रतिक्रिया :