ढाका: आतंकवादी संगठन इस्लामिक स्टेटले बंगलादेशमा फेरि आक्रमण गर्ने धम्की दिएको छ । आइएसको एक एजेन्सीले रक्काबाट एक भिडियो जारी गर्दै आक्रमणको धम्की दिएको हो ।
धम्कीपूर्ण यो भिडियोमा बंगलादेशमा रहेको शेख हसीना सरकारलाई काफिरको संज्ञा दिएको छ । बंगाली भाषामा जारी यस भिडियोमा देखिएका तीनजना युवा पनिस बंगलादेशी मूलकै रहेका छन् ।
यी मानिसको पहिचान हुन भने सकेको छैन । बंगलादेशको सरकारको तर्फबाट यस मामिलामा अहिलेसम्म कुनै धारणा आएको छैन ।
बुधवार यो भिडियो यू-ट्यूबमा हालिएको थियो । यसमा आइएसले 'मुजाहिदोन' (जो मुस्लिविरुद्ध लडिरहेका छन्) र 'मुजाहिद देश' माथि हमला गर्ने धम्की दिइएको छ ।
भिडियोमा देखिएका एक व्यक्तिले भने, 'हामी मुजाहिदोनको हत्या गर्न जब बन्द गर्छौं तब तबसम्म हामी जित्दैनौ ।हामी आफ्नो ज्यान दिइरहन्छौं । हामीसँग गुमाउनका लागि केही पनि बाँकी छैन ।'
दोस्रा ब्यक्तिले बंगलादेश सरकारलाई काफिरको संज्ञा दिए । ''सरकारले अल्लाहको कानुन बदलेर मानिसको कानुन लागू गर्यो । अब यिनीहरु काफिर हुन् ।'
'उनीहरुले आफ्नो धर्मअनुसार यिनीहरुविरुद्ध लड्नु हाम्रो कर्तब्य हो', आइएसका कार्यकर्ताले भनेका छन्, 'मुजाहिदले बम धमाकाबाट संसारभर निर्दोष मुस्लिमको ज्यान लिइरहेकाले हामी प्रतिरोधमा उत्रेका हौं ।'
तेस्रा ब्यक्तिले मुस्लिसँग जिहादका लागि आइएसमा आउन अपिल गरेका छन् । १ जुलाईको राति ढाका कडा सुरक्षा हुने गुलशन कुटनीतिक क्षेत्रस्थित एक रेस्टुरेन्टमा 'अल्लाह हु अकबर' नारा लगाउँदै पुगेका आतंकवादीहरुले ४० जनालाई बन्धक बनाएका थिए ।
जसमध्ये १८ जनालाई बचाउन सकिएको थियो भने २२ जना मारिएका थिए । मारिनेहरुमा धेरैजसो इटाली र जापानका थिए ।
हमलाको १० घन्टापछि एक सय कमान्डोले ६ जना आतंकवादीलाई गोली हानी मारेका थिए । एकजना भने भाग्न सफल भएको बताइएको थियो ।
आइएसको एक समाचार एजेन्सीले ५ आतंकवादी र हमलाको तस्बिर पनि सार्वजनिक गर्दै घटनाको जिम्मेवारी लिएको छ ।
तर बंगलादेशी सरकारले भने यो हमलामा आइएसको संलग्नता इन्कार गर्दै स्थानीय समूहकै हात रहेको दाबी गरेको थियो ।



तपाईको प्रतिक्रिया :