सरकारी जागिरका लागि लोकसेवाको परीक्षा पास गर्नु आजभोलि फलामकै चिउरा चपाए जस्तै छ । माग संख्या सानो हुने तर आवेदकको संख्या ठूलो हुने भएकाले धेरैको सरकारी जागिरको सपना यथार्थमा बदलिन सकेको छैन । तर, लोकसेवा आयोगले नै माग गरेका केही पदहरुमा भने मागअनुसार पनि आवदेन नपरेको देखिएको छ । अावेदन परेकाहरूमा पनि उर्त्तीण संख्या न्युन छ ।

विशेषगरी स्वास्थ्य सेवा समूहको नवौं तहमा विभिन्न सरकारी विषेशज्ञ डाक्टर नियुक्ति प्रक्रियामा लोकसेवाले माग गरेको जत्ति पनि आवदेन परेन । केही पदमा लिखित परीक्षा दिएका कोही पनि अन्तरवर्ताका लागि छनौट हुन सकेनन् ।


आयोगले कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट पदमा १० विशेषज्ञ माग गर्‍यो । त्यसमा जम्मा ९ जनाले आवेदन दिएर लिखित परीक्षामा सहभागी भए । तर, एकजनाले पनि अन्तरवार्ताका लागि नाम निकाल्न सकेनन् ।



Share To:

तपाईको प्रतिक्रिया :