लगातारको बर्षाले गुल्मीका खोलाहरुमा पानीको सतह बढेपछि छेउछाउका बस्तीहरु जोखिममा परेका छन्। लगातार ३/४ दिनदेखि परेकेा लगातार बर्षाले जिल्लामा रहेका दुई ठूला नदी तथा अन्य खोलाहरुमा पानीको सहत बढेपछि छेउछाउका बस्तीहरु जोखिममा परेका हुन्।
अविरल बर्षाले बडिगाढ खोलाको वाढीका कारण उर्लीखोला बजारको जोहाङ्ग २ र बम्घा गाविसको ५ का २ बस्तीहरु यतिबेला जोखिममा परेका छन् ।
खोलामा पानीको सतह बढीरहेकाले उक्त स्थानका करिव ६० घरधुरीहरुहरु उच्च जोखिममा परेको स्थानीय बिष्णु भण्डारीले जानकारी दिए । उनका अनुसार बस्तीमा पानी पस्नका लागि थोरै मात्र बाकी रहेकेा बताए ।
२ दिनदेखि हामीहरु रातीमा जाग्राम बस्न थालेका छौ भण्डारीले भन्नुभयो” खोला थोरै थोरै गर्दा बस्तीतिर आइरहेकेा छ ।” खोलामा पानीकेा सतह बढीरहेकाले कुनैपनि बेला सिङ्गो बजार नै बगाउने खतरा बढीरहेकाले अहिले स्थानीयवासीहरुले घरमा रहेका सामानहरु अन्यत्र सारिसकेका छन ।
यता जिल्ला प्रशासन कार्यलय गुल्मीले पनि खोलामा पानीको सतह बढीरहेकाले खोला छेउछाउका स्थानीयवासीहरुलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेकेा छ ।



तपाईको प्रतिक्रिया :