गजुरियल गफ – कोशी ब्यारेज ध्वस्त पार्न खोज्नेले गोली खायो !
काठमाडौं, साउन १५ – केही दिनअघि नेपालको कोशी ब्यारेज कुनै आतंकवादी संगठनले ध्वस्त पार्न खोजेको भन्दै भारतीय पक्षले ध्यानाकर्षण गराएको र सुरक्षा सतर्कता बढाइएको खबर फैलियो ।
तत्कालै गृह मन्त्रालयले विज्ञप्ती निकालेर यस्तो हल्लाका पछाडि कुनै सत्यता नभएको प्रष्ट पार्यो । यो खबर र हल्लालाई कलाकार मनोज गजुरेलले आफ्नो वेब साइट gajureal.com व्यंग्यात्मक रुपमा यसरी प्रस्तुत गर्नुभएको छ :
कोशी ब्यारेज ध्वस्त पार्ने योजनामा रहेको एक अज्ञात् आतंकबादीले गोली खाएको छ । गोली खानुअघि उसले सप्तरीका प्रमुख जिल्ल अधिकारीलाई नो नम्बरबाट फोन गर्दै आफ्नो निकृस्ट सोचका लागि क्षमा दिन पनि अनुरोध गरेको थियो ।
‘सर, आफ्नो तराई जोगाउनकालागि पराईले बाँधेको बाँध त भत्काउन सक्ने नेपालीले ब्यारेज ध्वस्त पार्न सोच्नेको गिदि काँचै खान सक्छन् ।’ उस्ले पाङ्ग्रेजी भाषामा भन्यो, ‘त्यसैले ब्यारेजमा आतंकबादी हमलाको हल्लालाई घाममा सुकाई दिनुहोला ।’
नेपाल(भारत सिमानाको दशगजा क्षेत्रमा भारतीय नागरिकहरुले एकतर्फी रुपमा बाँध बाँधेपछी सप्तरी, तिलाठीका जनताहरु आफ्नो भुमीको प्रतिरक्षामा उत्रिएका थिए । नेपालीहरुको अदम्य साहसको घटना सुनेपछी अज्ञात् आतंकबादीहरु ‘ब्यारेज ध्वस्त पार्ने कल्पना’बाट पछि हटेको बताईन्छ।
सप्तरी सम्वाददाताहरुसङ्ग कुरा गर्दै काठमाण्डौस्थित अप्राध अनसनधानका परमुख सर्वइन्द्र खनलले भने, ‘कल्पनापुरको कुनामा एक काल्पनिक आतंकबादीले गोली खाएको अपुष्ट सुचना थियो, पुष्ट हुन बांकी छ ।’ तर घटनास्थलमा रहेका गजुरिएल सम्वाददाता रमेश प्रसाद शाह भन्छन्, ‘बन्दुकको गोली खाएको हैन । त्यहां केही सिटामोलका खोलहरु भेटिएका छन्, ब्यारेज ध्वस्त पार्ने कल्पनाले नै ज्वरो आएर उसले सिटामोलको गोलीचाहीं खाएको हुनुपर्छ ।’
केहीदिन अघि भारतीय पक्षले कोशी ब्यारेजमा आतंककारी हमला हुनसक्ने भन्दै नेपाली पक्षलाई अचेत गराएको थियो । नेपाल सरकारले ब्यारेज क्षेत्रमा सुरक्षा ब्यवस्था बढाएपछि काल्पनिक आतंकबादीहरु भुमिगत भएका थिए ।

तपाईको प्रतिक्रिया :