एक अवार्ड बिजेता बुलफाइटरको सयौं मानिसहरुबिच रिंगभित्रै मृत्यु भएको छ । डराएका दर्शकमाझ उनकी श्रीमती पनि रहेको बताइएको छ । यो यस दशकमा भएको कुनै बुलफाइटरको पहिलो मृत्यु हो । -
२९ वर्षीय विक्टर बेरिया पूर्वी स्पेनको आरेगनमा आफ्नो खेल प्रस्तुत गर्दै थिए । टिभीमा पनि उनलाई थुप्रै मानिसहरु हेर्दै थिए तर उनलाई साढेंले अचानक हमला गरे जसलाई उनले सामना गर्न सकेनन् ।
बेरियोका साथीहरु उनलाई बचाउनको लागि मैदानमा भागे । अचेत बेरियोलाई अस्पताल पुर्याइयो जहाँ उनलाई डाक्टरहरुले मृत घोषित गरे । -
यो डरलाग्दो भिडियोलाई मानिसहरुले प्रत्यक्ष टिभीमा हेरे र दर्शकले यसलाई अपलोड गरेर सोसल मिडियामा पनि राखे ।
डरलाग्दो भएपनि स्पेनमा बुलफाइटिङ सामान्य छ । यो खेलको रेकर्डमा अन्तिम बुलफाइटरको मृत्यु सन् १९८५ मा भएको थियो ।



तपाईको प्रतिक्रिया :