नेकपा माओवादी केन्द्रको बैठक सोमबार पनि बस्दैछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा बस्ने बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुनेछ । सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेससँग मिलेर संसदमा प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको माओवादी आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्ने गृहकार्यमा छ ।
तर सरकारबाट फिर्ता हुनेबारे एकलौटी निर्णय गरेको भन्दै नारायणकाजी श्रेष्ठ प्रकाश लगायतका केही नेता असन्तुष्ट छन् । यस्तै संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत संघीय गठबन्धनको बैठक पनि बस्दैछ ।
आइतबारदेखि सुरु भएको बैठकमा सरकार परिवर्तनको विषयमा छलफल केन्द्रित छ । आइतबारको बैठकमा नेताहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बन्ने सरकारलाई आफ्ना ११ बुँदे र २६ बुँदे माग पूरा गर्ने प्रतिबद्धता गराएर सहयोग गर्नुपर्ने बताएका छन् ।



तपाईको प्रतिक्रिया :