उत्तरी सिरियामा पर्ने कुर्दिसहरुको सहरमा बुधबार भएको एक कारबम विस्फोटमा परी कम्तीमा एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य ५० घाइते भएका छन् । राज्यद्धारा सञ्चालित एक टेलिभिजन च्यानलले सो जानकारी दिएको छ । टर्कीको सीमा क्षेत्रनजिकै रहेको कमिसल सरहमा सो कारबम आक्रमण भएको जनाइएको छ ।


बेलायतसँग आवद्ध सिरियन अब्जरभेटरी फर ह्युमान राइट्सका अनुसार सो विस्फोटनले स्थानीय कुर्दिस प्रहरी र नजिकै रहेको सरकारी भवनहरुलाई लक्ष्यगरी भएको थियो । यस आक्रमणको हालसम्म कुनै पनि समू्हले जिम्मा लिएको छैन । तर यसअघि सिरियामा कुर्दिस क्षेत्रलाई लक्ष्यगरी बारम्बार आक्रमण गर्दै आएका इस्लामिक स्टेट (आइएस) समूहले नै यो आक्रमण गराएको हुनुपर्ने अनुमान गरिएको छ ।

Share To:

तपाईको प्रतिक्रिया :