सौगात बिष्टले विश्वकै कान्छो निर्देशकको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भइसकेका छन् । उनले ‘लभ यू बाबा’ निर्देशन गरेर यो रेकर्ड राखेका हुन् । अहिले उनि दोश्रो प्रोजेक्टको तयारीमा छन् । गत शुक्रबार मात्रै राजधानीमा एक कार्यक्रम गर्दै उनको दोश्रो फिल्म ‘हैरान’को औपचारिक निर्माण घोषणा गरे ।
उनका पीता अभिनेता गजित विष्टले काम गरेको तर छोराको नाम निर्देशकमा लेखेको भन्ने आरोपको खण्डन गर्दै उनले ‘लभ यु बाबा’लाई साथ दिने तथा मन पराउने सबैलाई धन्यबाद दिदै उक्त फिल्म भन्दा पनि उत्कृष्ट फिल्म ‘हैरान’बन्ने दाबी समेत गर्न भ्याए ।
आम नागरिकले दैनिक जीवनमा खेप्ने तथा हरेक पेशा तथा वर्गका व्याक्तिहरुले खेपिरहेको हैरानीलाई नै फिल्मको मुख्य विषयवस्तु वनाउने उनले वताए ।



तपाईको प्रतिक्रिया :