किभः मध्य युक्रेनमा बुधबार एक प्रसिद्ध पत्रकारको हत्या भएको छ। बुधबार बिहान उनलाई कारबम हमला गरी हत्या गरिएको समाचारमा जनाइएको छ।

युक्रेनका वरिष्ठ पत्रकार पाभेल सेरेसमतको कारबमले हमला गरी हत्या गरिएको फ्रान्सेली समाचार समिति, एएफपीका समाचारदाताले टेलिफोनबाट जानकारी दिएका छन्।

उनी युक्रेनिस्का प्रभदा नामक सञ्चारगृहका पत्रकार थिए। उनी यसअघि रसियाको एक टेलिभिजनमा काम गर्थे।

बम फिट गरिएको अर्को एक कार ल्याएर उनको कारमा जुधाइएको थियो। त्यसपछि उनको कार ध्वस्त भएको र पछि आगो लागेको थियो।

यस आक्रमणलाई युक्रेनियन राष्ट्रपति पेट्रो पोरोसेन्कोले ठूलो अपराधको संज्ञा दिएका छन्। उनले थप प्रतिक्रिया दिएका छैनन्।

यस हत्याको जिम्मेबारी अहिलेम्म कसैले पनि लिएको छैन। पछिल्लो समयमा युक्रेनमा हिंसा मच्चिएको छ।

युक्रेनको पूर्वी भूभागका रसियाली मूलका नागरिकले अलग्गै राज्यको मागगरी त्यहाँ आन्दोलन गरिरहेका छन्।

सोही कारणले पछिल्लो समयमा रसियाली समर्थक र युक्रेनी सेनाबीच भिडन्त जारी रहेको छ। त्यस भिडन्तका क्रममा सयौँ नागरिक मारिएका छन्। एजेन्सी

Share To:

तपाईको प्रतिक्रिया :